बनी रहन्छ धागो मानौ चर्खा जिन्दगी
बगी रहन्छ आशु मानौ बर्खा जिन्दगी
पाउने पनि गुमाउने पनि जुवा जिन्दगी
हसाउने पनि रुवाउने पनि उवा जिन्दगी
ठेस लाग्छ लड्छ एउटा आश जिन्दगी
हरेश खान्छ उठ्छ एउटा साहास जिन्दगी
दुख बिचमा हासो खोज्ने प्रयास जिन्दगी
अबिरल चलिरहने श्वास जिन्दगी
रहर खोज्दै शहर झर्ने लहर जिन्दगी
किनार खोज्दै बगर पुग्ने पत्थर जिन्दगी
पतझरलाई चिर्दै हास्ने बाहार जिन्दगी
कहिले सस्तो कहिले कस्तो उपहार जिन्दगी
No comments:
Post a Comment