Photozz: आमाको सम्झनामा

About Blog

“What i like about photographs is that they capture a moment that’s gone forever, impossible to reproduce.”
Karl Lagerfeld

Monday, May 7, 2012

आमाको सम्झनामा


कत्ती  अपार  आमा  तिम्रो   प्यार

छोडेर गएनि  यो  भौतिक संसार

तिमी  नै  हुन्छौ खुशी को आधार

तिम्रै देनले हुन्छ मुटुमा रक्त संचार




नचुडिने    आमा    सम्झनाको   डोरी

जत्ती नै   भए  पनि  तिमी  सँग   दुरि

बुझिन  आमा  मैले त्यो दैब को मझ्बुरी

मलाई भन्दा किन उस्लाई तिम्रो जरुरी


गर्नु छैन  मलाई कुनै देबीको बन्दना

काफी छ  आमा केबल तिम्रो  सम्झना

भेटेको   देबी    आमाको    अबतारमा

भेटिन्छ  र  कहाँ   खोजेर   मन्दिरमा


सपना थियो कत्ती हसाउने त्यो मुहार

लगिदियो     निस्ठुरि   दैबले   चुडेर

सबै  भन्छन संसार  दैबको  खेल हो

दैब को यो खेल मा कती धेरै झेल भो






टाढा भए पनि आमा तिम्रो मेरो दुरी

फाली    रहन्छौ   सम्झनाको   हुरि

भुल्न   सक्थे   र   तिमीलाई कसरी

बगी  रहेछौ   मेरो  नसा  नसा  भरि


भैसकेछ   आमा    बर्ष    सात

छुटेको   तिम्रो    न्यानो   हात

चुडेर   लाग्यो   ईश्वर  ले   हर्ष

खोज्दैछु   आमा   तिम्रो  स्पर्स


सहनै  पर्ने  आमा    भाबी को खेल

गरेपनी  ईश्वरले  जिन्दगीमा झेल

राख्न  नसकेनी आमा समय रोकेर

खुशी हुन्छु आमा तिम्रो याद बोकेर








धेरै    सुने   देवी   देउताहरको   नाम                                                                

यी  सबै  भन्दा माथी  छन  मेरी  आमा

धर्ती मा झरेकी थिइन लिई  आमाको रुप

साह्रै  राम्रो  बोलिबचन  खुशी थिए  सब


त्यही आमाको कोखबाट लिए धर्ती मा जन्म

सोच  जस्तो  छैन   संसार   रहेछ   अचम्म

आमा खै  काहा गयौ यो  दुखी  लाई  भुलाई

तिमीले मात्र बुझ्थियौ आमा भित्री मनको रुवाई


तिम्रै रगत बगी रहेछ आमा मेरो यो शरिरमा

तर छैनौ आमा तिमी नै के रहेछ  तक्दिरमा

देवी भन्दानि  माथि  तिमी   छैनौ  मन्दिरमा

रगत बनी  बगी रहेछौ आमा मेरो यो शरिरमा


तिम्रै काखमा खेल्दै हुर्के तिमी नै थियौ साहरा

कैले  तिर्ने   आमा अब   तिम्रो  दुधको  भारा

जब  म   तोते  बोल्थे  तिमी  हास्थेउ   रमाई

हिंड्न  सिके  आमा मैले   तिम्रो  हात  समाइ


संसारमै  सबै  भन्दा प्यारि  मेरी आमा

तिम्रो नाम लिए पछी चाहिन्न चार धाम

तिमी मै छ  राम आमा तिमी  मै सीता

तिमी  भन्दा ठुलो  आमा हैन रैछ गीता


पढ्न लेख्न सिकायौ सबलाई सरस्वोतिको रुप

हरेक  मनमा  बास  बसेयौ   ईश्वरकै  स्वोरुप

आज  पनि  मन थियो  समाउन  त्यो   हातमा                                                    

तर  आज  छैनओ  साथमा  दुखी   छ   आत्मा


जुन   शरिरले  जन्म  दियो त्यहीबाट  छुट्टिनु   पर्‍यो

तिम्रो शरिर लाई अग्नी दिदा यो छोरो कती पटक मर्यो

बिश्वाश  गर्न    गार्हो  पर्छ   हो   आखाले   देखेको

भोग्नै   पर्ने    रहिछ    आमा   भाबीले     लेखेको


राम्रो   सँग  बस्नुस  आमा   स्वर्गको   बास

साचै   छन   देउता    भने छ  भेट्ने   आश

अर्को जन्ममा  आउछु  आमा कोख खाली राख

तिम्रो कोख मा म जन्मिन्छु जुनि हजार  लाख

No comments:

Post a Comment