Photozz: तितो सत्य

About Blog

“What i like about photographs is that they capture a moment that’s gone forever, impossible to reproduce.”
Karl Lagerfeld

Sunday, July 8, 2012

तितो सत्य


अर्काको उज्यालो मा हास्ने कत्ति

आफ्नो  देशमा   छैनरे  बत्ति

बत्ती नभए  नि चलेकै छन रे

डिस्को क्यसिनो र साइली को भट्टि



हिजो राती बढ्यो अरे पेटरोलको भाउ

तैपनी  पाइदैन  रे  भन्छ  डल्ले  साहु

सुनको त के कुरा आकाशिदो भाउ

लशुनै पर्छ रे अचेल सय रुपैयाँ पाउ



अपहरण मै मख्ख छन हाम्रा भुपु मन्त्री

पाटी  भोजमै  मख्ख छन  ६०१  जन्ती

भिख थापी मख्ख झन नेता ति महान

१० लाखमा बिक्दैछन सहिद्का सम्मान



मुसा  लाई  रक्षा  गर्न  दिएर  धान

खै कहिले  भरिएला  भकारी  झन

नेता  ज्यु   आजकल   पास्पोर्ट  बेच्दैछन

नअतियो जनता हो सम्बिधान लेख्दैछन

No comments:

Post a Comment